सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    नायक निखिल उप्रेती अब आफ्नै फिल्ममार्फत खलनायकको रुपमा पनि आउने

    मंगलवार, २ कार्तिक २०७३, आहाखबर

    काठमाडौंः नायक निखिल उप्रेती अब खलनायक (भिलेन)को रुपमा आउने भएका छन् । फिल्म ‘पिँजडा’ बाट नायकका रूपमा उदायका उप्रेती आफैले बनाउन लागेको  ‘रुद्र’मा भिलेनको रुपमा देखिन लागेका हुन । 

    एक्शन हिरोको रुपमा चिनिदै आएका उनी गत वर्षदेखि फिल्म ‘भैरव’ मार्फत निर्देशनमा पनि हात हालेका थिए । निर्देशनपछि अब उप्रेती निर्माणमा प्रवेश गर्न लागेका हुन । गत आइतबार उनले आफ्नै होम प्रोडक्सनबाट ‘रुद्र’ निर्माणको घोषणा गरेका हुन्।

    ‘एक्सन लभस्टोरीको रुपमा निर्माण गर्न लागिएको यो फिल्मका लागि उप्रेतीले नयाँ नायक नायिका (विश्व शर्मा र सारा) खोजेको जनाएका छन् । उनले ‘रुद्र’ मा एक्सन नयाँ शैली प्रयोग गर्न खोजेको भन्दै दर्शकले यसलाई बढि रुचाउने विश्वास लिएका छन् । 
     ‘रुद्र’को निर्देशन रामजी लामिछानेले गर्नेछन् । आइतबारदेखि नै छायांकन सुरु गरिएको यो फिल्म जोमसोम, नारायणगढ, कोहलपुर र कर्णाली जस्ता क्षेत्रमा झन्डै ५० दिन खिचिने बताइएको छ ।  

    कथाको मुख्य पात्र भिलेनकै नामबाट फिल्मको नाम राखिएको उप्रेतीले जानकारी दिँदै अर्को बर्ष साउनसम्म यसलाई रिलिज गर्ने लक्ष्य रहेको जानकारी दिएका छन् । उनी अभिनित ‘राधे’, ‘निर्भय’ र ‘किङ’ यसै वर्ष दर्शकमाझ आउने तयारीमा छन् । उनको यो फिल्ममा पटकथा निर्देशक लामिछानेकै रहेको छ भने रोयदीप श्रेष्ठ, जितेन लामा, भाष्कर ओली, ज्याक श्रेष्ठ र रोशन पोखरेललगायतको भूमिका, दिनेश सुनामको संगीत दिनेछन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast