सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    बोक्सीप्रथा विरुद्ध ‘अग्निदहन’ आउँदै, कर नतिर्ने पहिलो चलचित्र

    आईतवार, ३० असोज २०७३, आहाखबर

    काठमाडौंः सामाजिक कुप्रथामा आधारित चलचित्र ‘अग्निदहन’को आइतबार शुभारम्भ गरिएको छ । नेपालमा मान्छे बोक्सी हुन्न कहिल्यै राष्ट्रिय प्रतिष्ठानले पत्रकार सम्मेलन गरेर यसको शुभारम्भ गरेको हो । 

    समाजको जटिल समस्याको रुपमा अझै रहेको बोक्सा बोक्सी कुप्रथालाई लिएर नेपाली चलचित्र अग्निदहन निर्माण गर्न  लागिएको हो । कार्यक्रममा सूचना तथा सञ्चार सचिव दिनेश थपलियाले समाजलाई परिवर्तन गर्नु छ भने रुढीवादी मान्यताको उन्मुलन गर्नुपर्ने हुन्छ भन्दै समाज बदल्न नसकिने तर समाजको सोच बिचार र मान्यता अवश्य बदल्न सकिने बताए । 

    तत्काल छायांकन हुन लागेको नेपाली चलचित्र अग्निदहन शिक्षा, सूचना र मनोरञ्जनको त्रिवेणी बन्ने जनाइएको छ । यो चलचित्रले नेपाली समाजमा रहेको कुप्रथा बोक्सी प्रथा जरैदेखि उखेलेर फाल्नको लागि उत्प्ररित गर्नेछ ।

    सचिव थपलियाले यस्ता सामाजिक विषयमा आधारित चलचित्रलाई कर मुक्त बनाउने आफूहरूको लक्ष्य रहेको बताए । उनले निर्माण अगावै चर्चामा रहेको नेपाली चलचित्र अग्निदहन कर नतिर्ने पहिलो नेपाली चलचित्र रहेको पनि जानकारी दिए ।

    अग्निदहन चलचित्रका निर्देशक घनश्याम लामिछानेले यो विषयमा बन्न लागेको चलचित्र पहिलो हुने भन्दै आफूले सक्दो न्याय दिने प्रण गरे उनले भने, ‘साहित्यकार, गीतकार, कथाकार, उपन्यासकार लगायतले यो बोक्सी प्रथाको बिषयलाई प्राथमिकता दिएका छैनन्, अब हामी यस विषयलाई गहन भएर चलचित्रमा उर्ताने छौ ।’

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast