सोमबार, असोज ६, २०७६
    बिदेश

    आइफोन सेभेन र सेभेन प्लस भारतमा बल्ल सार्वजनिक, नेपालमा कहिले?

    आईतवार, २३ असोज २०७३, आहाखबर

    एजेन्सी। एप्पलको नयाँ मोवाइल, आइफोन सेभेन र सेभेन प्लस अमेरिकामा लन्च भएपछि झन्डै दुई महिना पछि नेपालको दक्षिणी छिमेकी मुलुक भारतमा भर्खर बिक्री सुरु भएको छ।

    शुक्रबार यी फोन सार्वजनिक भएसँगै धेरै इ-कमर्स प्लेटफर्मले ग्राहकलाई अनेक अफर सार्वजनिक गरेका छन्। नेपालमा भने यसको सार्वजनिक हुन भारतमा भएपछि मात्रै हुने बुझिएको छ
     
    भारतमा आइफोन सेभेनको ३२ जिवीको फोनलाई मूल्य ६० हजार भारु पर्ने र १२८ जिवीको फोनलाई ७० हजार र २५६ जिवीलाई ८० हजार भारु पर्ने जनाइएको छ ।

     ३२ जिवीको आइफोन सेभेन प्लसलाई भने ७२ हजार भारु मूल्य तोकिएको छ। १२८ जिबी क्षमता भएकोलाई ८२ हजार र २५६ जिबीवालालाई ९२ हजार भारु तिर्नु पर्छ।
     
    यहि मूल्यमा इ-कमर्स साइटहरुले अनेक छुट एवं क्यासब्याक देखि किस्ताबन्दी अफर सम्म सञ्चालन गरेका छन्।
     
    इ-कमर्स साइट फ्लिपकार्टले आइफोन सेभेन र सेभेन प्लसमा २४ हजार पाँच सय भारु सम्मको एक्सचेञ्ज अफर सार्वजनिक गरेको छ।

    उपभोक्ताले कम्पनीले लिष्ट हेरेर आफ्नो स्मार्टफोनले कति छुट पाउने भनेर आफैं पत्ता लगाउन सक्नेछन्। अमेजनले समेत १६ हजार रुपैयाँ सम्मको एक्सचेञ्ज छुट दिइ रहेको छ।

    फ्लिपकार्टले आइफोन सेभेन खरिदमा मासिक दुई हजार नौ सय १० भारुको किस्ताबन्दी अप्सन समेत सार्वजनिक गरेको छ। सेभेन प्लस किन्न चाहनेले भने मासिक तीन हजार नौ सय ६७ भारु तिर्नुपर्छ। यस्तै स्यापडिलले आइफोन सेभेन किन्न मासिक दुई हजार आठ सय ५२ र सेभेन प्लसमा तीन हजार आठ सय ९८ भारु तिर्नुपर्छ।

     फ्लिपकार्डले सिटी बैंकको कार्ड मार्फत खरिद गर्नेलाई १० हजार रुपैयाँ क्यासब्याक दिने जनाएको छ। यो रकम आउँदो आठ जनवरी सम्ममा एकाउन्ट फिर्ता हुने जनाइएको छ। अमेजनले एचडीएफसी बैंकको कार्डमा ११ हजार भारु क्यासब्याक गर्ने घोषणा गरेको छ।
     
    अमेजनले आफ्ना प्राइम सर्भिस युजरलाई आइफोन सेभेन र सेभेन प्लस खरिद गर्दा पाँच सय भारुको गिफ्ट दिइ रहेको छ। जसले आफ्नो पुरानो फोन यी नयाँ फोनसँग एक्सचेञ्ज गर्न चाहन्छ उसले भने चार हजार रुपैयाँ सम्मको छुट पाउने जनाइएको छ।
     

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast