सोमबार, असोज ६, २०७६
    बिदेश

    सेन्साईले ल्यायो ‘टिभी रोजे जस्तो र मूल्य खोजे जस्तो’ नामक योजना

    शुक्रबार, १४ असोज २०७३, आहाखबर

    काठमाडौंः विजया–दशमी, दिपावली तथा छठ पर्वको अवसरमा सेन्साई एलइडी टेलिभिजनले आफ्ना ग्राहकका लागि विशेष छुट योजना ल्याएको छ । सेन्साईले ग्राहकहरुका लागि १९ इन्चदेखि ३२ इन्चसम्मका टेलिभिजनमा ‘टिभी रोजे जस्तो र मूल्य खोजे जस्तो’ नाराका विशेष छुट योजना ल्याएको हो । 

    जापानी प्रविधिका यो टेलिभिजनले देशभरिका ग्राहकको मन जित्न सफल भएको सेन्साई ब्राण्डका टेलिभिजनको ब्राण्ड म्यानेजर यादव गौतमले बताए । यो ब्राण्डका टेलिभिजनमा प्रिमियम क्वालिटी साउण्ड, पावर सप्लाई, एचडी रेडी, प्रिमियम साउण्ड, ब्राइट प्यानल जस्ता विशेषता रहेका छन् । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast