सोमबार, असोज ६, २०७६
    बिदेश

    एलजीको नयाँ शोरुम चितवनको टाँडीमा

    मंगलवार, ११ असोज २०७३, आहाखबर

    काठमाडौं । चौधरी समूहको सिजी इलेक्ट्रोनिक्सले मंगलबार चितवनको टाँडीमा नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । बादे रेडियो टिभी सेन्टरको नाममा सञ्चालनमा आएको उक्त शोरुमले ग्राहकहरुलाई प्रोत्साहन गर्नुका साथै नयाँ उत्पादनका बारेमा समेत जानकारी दिने जनाइएको छ । 

    एलजी ब्राण्डका सामग्रीहरुको बिक्री बितरण गर्दै आएको सिजी इलेक्ट्रोनिक्सले एकै ठाउँमा सबै डिजिटल आवश्यकता पूर्ति गर्दै जाने तथा नेपाली बजारमा रिटेलिङको स्तरलाई प्रभावकारी बनाउँदै जाने कम्पनीको मुख्य उद्देश्य रहेको जनाएको छ । 

    त्यसैगरी ग्राहकहरुलाई एलजीका सामग्री तथा उत्पादनहरु थप खरिद गर्नको लागि थुप्रै योजनाहरु पनि बजारमा ल्याएको उसले जनाएको छ । कुनै पनि एलजीका सामग्री खरिद गर्दा ग्राहकहरुले विशेष छुटका साथै आकर्षक उपहार पनि प्राप्त गर्न सक्नेछन् । 
    यस कम्पनीले भविष्यमा देशको अन्य भागमा पनि शोरुमहरु विस्तार गर्दै जानेबताएको छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast