सोमबार, असोज ६, २०७६
    बिदेश

    सिटिसी मलमा सुरु भयो ‘सामसङ मोवाइल एक्स्पो’, असोज १५ गतेसम्म चल्ने

    शुक्रबार, ७ असोज २०७३, आहाखबर

    काठमाडौं । राजधानीको सुन्धारास्थित सिटिसी मलमा रहेको सिटिसी मोबाइल बजारमा सामसङ मोवाइल एक्स्पो सुरु भएको छ । अर्थमन्त्री कृष्णबहादुर महराले यसको शुक्रबार उदघाटन गरेका हुन । 

    नजिकिँदो दशैं र तिहारलाई लक्षित गर्दै आयोजित सिटिसी सामसङ मोवाइल एक्स्पोमा आकर्षक छुट र सुबिधाको समेत व्यवस्था गरिएको छ । एक्स्पोको मुख्य आकर्षण सामसङ ग्यालेक्सी जे२ सिक्स रहेको छ । 

    असोज १५ गतेसम्म सञ्चालन हुने एक्स्पोमा महराले मोबाइलले सूचना प्रविधिको क्षेत्रमा क्रान्ति ल्याएको बताए । उनले आफू सञ्चार मन्त्री हुँदा ल्याएको हातहातमा मोबाइल घर घरमा इन्टरनेटकोे विशेष कार्ययोजना अनुसार नै नेपालमा सूचना प्रविधिको विकास भइरहेको दावी गरे । सोही योजनाअनुसार  नेपाल टेलिकमले थप ३५ लाख सिमकार्ड बजारमा पठाएको महराको दावी छ ।

    सिभिल समूहका अध्यक्ष इच्छाराज तामाङले मोबाइल एक्स्पोले मलको व्यवसायीकरण गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले मलमा रहेका व्यवसायीहरुको हितका पक्षमा आफूले सबै खाले सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । 

    तामाङले सिटिसी मललाई मल्टिपल सपिङ डेस्टिनेशनका रुपमा विस्तार गर्ने तयारी भरहेको समेत जानकारी दिए । कार्यक्रममा सामसङ नेपालका प्रणयरत्न स्थापित, टेलिटकका प्रबन्ध निर्देशक सञ्जय अग्रवाल, सिटिसी मोबाइल बजारका अध्यक्ष सन्दिपमान श्रेष्ठले नेपालमा मोवाइलको बजार र सिटिसी मोवाइल बजारका बारेमा जानकार दिएका थिए । 

    सिटिसी मोबाइल बजारमा ग्रे मार्केटका फोनलाई पूर्णत निषेध गरिएको बताउँदै सन्दिपमान श्रेष्ठले बताएका थिए । एक्स्पोको मुख्य प्रायोजन सामसङ मोबाइलले गरेको छ । सिटिसी मोबाइल बजारले आयोजना गरेको एक्स्पो सिटिसी मलको ग्राउण्ड फ्लोर (भूइँतल्ला), तेस्रो, चौथो र पाँचौ तल्लामा सञ्चालन भइरहेको छ । 

    एकै छानामुनी झण्डै दुई दर्जन बढि मोवाइल ब्राण्ड तथा डेढ दर्जन मोबाइल कम्पनीहरुले सर्भिस सेन्टर सञ्चालनमा ल्याएको मोबाइल बजारमा आयोजित यस एक्स्पोमा आठ सयदेखि एक लाख ५० हजार रुपियाँसम्मका मोबाइल कारोबार गरिने जनाइएको छ ।

    एक्स्पोमा ब्राण्डेड मोबाइल र एसेसरिजको खरिदमा आकर्षक छुट सुबिधा उपलब्ध गराइएको आयोजकको भनाई छ । त्यसबाहेक केही कम्पनीले ५० प्रतिशतसम्म छुटको व्यवस्था समेत गरेका छन् । निःशुल्क प्रवेश तथा पार्किङको व्यवस्था गरिएको एक्स्पोमा  फ्रि वाइफाइको व्यवस्था छ । 

    एक्स्पोमा आउने अवलोकनकर्तालाई हरेक दिन गोलाप्रथामार्फत मोबाइल जित्ने अवसर प्रदान गरिएको छ । आधुनिक प्रविधिका मोबाइल, ट्याबलेट, फ्याबलेट र एसेसरिजको बिक्रीबितरण गरिने जनाइएको यस एक्स्पोमा तीन लाखभन्दा बढी अवलोकनकर्ता आउने आयोजकको दावी छ ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast