सोमबार, असोज ६, २०७६
    मुभी-थिएटर

    अभिनयमा फर्किए ‘माग्ने बुढा’ (भिडियोसहित)

    शनिबार, १ असोज २०७३, आहाखबर

    काठमाडौं– स्वास्थ्य समस्याले अभिनयबाटै टाढिएका चर्चित हास्य कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ फेरि अभिनयमा फर्किएका छन् ।

    ‘डिप्रेसन’का कारण थलिएको भन्दै मिडियामा अनेक आशंका भइरहेकाबेला माग्ने बुढा एक म्यूजिक भिडियोमा देखिएका छन् । उनको आफ्नै स्वर तथा शब्द रहेको ‘मन्त्रीको सालो....’ गीतको म्यूजिक भिडियोको सुटिङ धमाधम भइरहेको छ । गीतमा संगीत
    भने हरि लम्सालको छ ।

    माग्ने बुढा बानेश्वरमा त्यही गीतको सुटिङमा भेटिए । ‘छक्का पञ्जा’ फिल्मपछि माग्ने बुढाले अभिनय यात्रामा ब्रेक लिएका थिए । ‘स्वास्थ्य कमजोर भएका कारण म दर्शक माझ आउन सकेको थिइनँ,’ उनले भने, ‘अहिले सुधार भइरहेको छ, अब विस्तारै अभिनय यात्रालाई निरन्तरता दिन्छु ।’

    माग्ने बुढासहितका कलाकार अभिनित फिल्म ‘छक्का पञ्जा’ले देश÷विदेशमा लोकप्रियता कमाइरहेको छ । विल्सनविक्रम राई ‘तक्मे बुढा’ र राज मोक्तानसहितको यूरोप यात्रामा निस्कँदा माग्ने बुढाले मन्त्रीको सालो गीत कोरेका थिए । उनले यूरोपमा भएका विभिन्न कार्यक्रममा यो गीत गाएर दर्शक हँसाएका थिए ।

    हेर्नुहोस् भिडियोः

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast