सोमबार, असोज ६, २०७६
    बिदेश

    “दशैँ आयो सामसुङ ल्याउँला क्यासब्याक पाउँला” सार्वजनिक, २० प्रतिशतसम्म क्यासब्याक

    बुधबार, २९ भाद्र २०७३, आहाखबर

    काठमाडौं । नजिकिँदो महान चाड बडा दशैँको अवसरमा सामसुङले आफ्ना उपभोक्ताका लागि इन्स्ट्यान्ट क्यासब्याक अफर सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत सामसुङका टेलिभिजन र होम अप्लायन्सेस् (घरायसी सामान)को खरिद गर्दा उपभोक्ताले तत्कालै २० प्रतिशतसम्म क्यासब्याक (नगद फिर्ता) पाउने छन् । 

    सामसुङ नेपालका लागि कञ्जुमर इलेक्ट्रोनिक्सको आधिकारिक बिक्रेता हिम इलेक्ट्रोनिक्स प्रालि र त्रिवेणी व्यापारले आफ्ना उपभोक्ताका लागि यो योजना सार्वजनिक गरेको हो । अफरको नाम “दशैँ आयो सामसुङ ल्याउँला क्यासब्याक पाउँला” राखिएको छ ।

    यो योजना बिहीबार १५ सेप्टेम्बरदेखि १५ नोभेम्बरसम्म वा स्टक रहुन्जेलसम्मका लागि मात्र (जुन पहिले त्यही) लागू हुने कम्पनीले जानकारी दिएको छ । कम्पनीका अनुसार सामसुङका टीभी (एसयूएचडी, कर्भ, यूएचडी र एफएचडी), रेफ्रिजिरेटर (सिङ्गलडोर, डबल डोर), वासिङ मेसिन (फ्रण्ट लोड, टप लोड) लगायतका छानिएका उपकरणमा योजना लागू हुनेछ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast