सोमबार, असोज ६, २०७६
    बिदेश

    सीजी इलेक्ट्रोनिक्सले दशैं तिहारका लागि ल्यायो आकर्षक उपहार योजना

    बुधबार, २९ भाद्र २०७३, आहाखबर

    काठमाडौं । चौधरी समूहको एलजी ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी सामानको नेपालको आधिकारिक बिक्रेता सीजी इलेक्ट्रोनिक्स प्रा.लि.ले नजिकिँदो चाडपर्वलाई लक्षित गर्दै ‘लेट्स सेलेब्रेट टुगेदर’ नाराका साथ नयाँ योजना ल्याएको छ । 

    कम्पनीले दशै तिहार योजनाअन्तर्गत एलजी ब्राण्डका टेलिभिजनहरुको खरिदमा हात खाली नजाने उपहारहरु र क्यास ब्याक अफर तथा तथा घरायसी सामग्रीहरुको खरिदमा पनि हात खाली नजाने उपहार प्राप्त हुनेछ । 

    यी योजनाहरुअनुसार ५५ इन्च तथा त्यो भन्दा बढिका अल्ट्रा एचडी टेलिभिजनको खरिदमा एजी साउण्ड बार एसएच४ उपहार, ४३ देखि ४९ इन्चको अल्ट्रा एचडी टेलिभिजन र ४३ देखि ५५ इच्नको सामान्य एलइडी टेलिभिजनको खरिदमा उपभोक्ताले क्रमशः एलजी एनजी ७५५० ब्लुतुथ स्पिकर र एलजी ब्लुतुथ स्पिकर प्राप्त गर्नेछन । 

    त्यसैगरी ४९ इन्चदेखि ६० इन्च स्मार्ट टेलिभिजनको खरिदमा एलजी एलएच ७०बी मल्टिमेडिया स्पिकर र ४० इन्च र सो भन्दा माथिको स्मार्ट टेलिभिजनमा एमएमआरसी वायरलेस किबोर्ड र ३२ इन्चको स्मार्ट टेलिभिजन तथा ३२ इन्चको सामान्य एलइडी टेलिभिजनको खरिदमा विभिन्न साइजका एमर्जेन्सी लाइट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

    घरायसी सामग्रीहरुको खरिदमा विभिन्न आकर्षक र उपयोगी सामग्री एवं उपकरण उपहार प्राप्त हुने जनाउँदै कम्पनीले जसअनुसार साइड बाई साइड रेफ्रिजिरेटर, डेटरजेन्ट विथ लिक्विड डिसवासर, पिगन गिफ्ट सेट, फ्रन्ट लोड वासिङ मेशिन, पिगन कराई, टप लोड वासिङ मेशिन, एजी कुकिङ किट, माइक्रोवेभ ओभनको खरिदमा एलजी ७०बी मल्टिमेडिया स्पिकर उपहार प्राप्त हुनेछ । यसबाहेक एयर कण्डिशनको खरिदमा निःशुल्क जडान गरिने कम्पनीले आफ्नो विज्ञप्तिमा जनाएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast