सोमबार, असोज ६, २०७६
    बिदेश

    चिनियाँ मोवाइल 'एप्पो'को 'सेल्फी एक्सपर्ट' नेपालमा, तीन महिनामा २५ हजार बिक्री गर्ने लक्ष्य

    मंगलवार, २८ भाद्र २०७३, आहाखबर

    काठमाडौं । ह्वावेपछि चीनको अर्को लोकप्रिय मोवाइल ब्राण्ड अप्पो नेपालमा औपचारिक बिक्री सुरु भएको छ । सोमबार एक कार्यक्रम गरी अप्पोको नयाँ र सेल्फी विशेष मोवाइल सार्वजनिक गरियो । 

    क्यामरा फोनको रुपमा परिचित यो मोवाइल स्मार्टफोनका पारखीलाई सेल्फीमा क्रान्ति ल्याउने उद्देश्यसहित विश्व बजारमा ल्याइएको निर्माता कम्पनीको दावी छ । अप्पोले नेपालमा बिक्री सुरु गरेको नयाँ मोवाइलमा १६ मेगापिक्सेलको क्यामरा रहेको छ । यो क्यामरा अन्य मोवाइलको क्यामराको तुलनामा सेल्फी तथा तस्विरका लागि विशेष गुणयुक्त रहेको जनाइएको छ । 

    एफ १ एस एक्सपर्ट सेल्फी नाम दिइएको यस मोवाइलको बजार मूल्य ३२ हजार रुपियाँभन्दा बढि पर्छ । पाँच दशमलव पाँच इञ्ज स्क्रिन रहेको यस मोवाइलको रेयर क्यामेरा १३ मेगापिक्सेल रहेको छ । यसमा तीन जीबी ¥याम, ३२ जीबी इन्टरनल मेमोरी, तीन हजार ७५ एमएएच ब्याट्री क्षमता रहेको र यसमा एमटी छ हजार ७५० अक्टाकोर प्रोसेसर प्रयोग गरिएको जनाइएको छ ।

    कलर ओएस ३.०, एण्ड्रोइड ५.१ रहेको सो मोवाइलमा दुई वटा सिमकार्ड प्रयोग गर्न मिल्छ । नेपाली स्टारद्वय ऋचा शर्मा र कर्मा शाक्यले सेल्फी लिंदै अप्पोको सेल्फी एक्सपर्ट नेपालमा सार्वजनिक गरेका हुन् ।

    अप्पो नेपालका प्रमुख कार्यकारी अधिकृत जोनी जिले आफूहरु दक्षिण एसियाको बजारमा केन्द्रित भएकोले नेपाल पनि एक महत्वपूर्ण बजार हो भन्दै नेपालमा चाँडै नै फोरजी सेवासमेत सुरु हुन लागेकाले यहाँको बजार लगानी र प्रतिफलका लागि राम्रो ठाउँ भएको बताए । यसलाई नेपालका अन्य प्रमुख शहरमा पनि विस्तार गरिनेछ । 

    एक वर्षभित्र पाँच सय वटा बिक्री स्थल र सेल्फि अनुभव प्रदान गर्न आठ वटा अप्पो स्टोरहरु स्थापना गर्ने योजना बनाएको अप्पोले एफ १ एसले नेपाली ग्राहकमाझ फोटोग्राफीको अत्याधुनिक प्रविधिको अनुभव प्रदान गराउन सफल हुने विश्वास लिएको छ । 

    अप्पोको नेपाल स्थित आधिकारीक विक्रेता टेलिसेलका प्रवन्ध निर्देशक सुनिल कुमारले नेपाली बजारम भित्रिएको पहिलो तीन महिनामा २५ हजार थान मोवाइल विक्री गर्ने कम्पनीको लक्ष्य रहेको बताए ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast