शनिबार, मंसिर २१, २०७६
    बिदेश

    गोल्छा अर्गनाइजेशनले नक्सालमा सुरु गर्यो 'मल्टि ब्राण्ड शोरुम'

    सोमबार, २७ भाद्र २०७३, आहाखबर

    काठमाडौं । गोल्छा अर्गनाइजेशनले नक्साल नारायणचौरमा आइतबारदेखि इलेक्ट्रोनिक तथा इलेक्ट्रिकल सामानहरुको मल्टिब्राण्ड शोरुम सञ्चालनमा ल्याएको छ । 

    यस्ता सामानहरु एकै ठाउँबाट उपभोक्ताले सहजै खरिद गर्न सकुन भनेर स्विच अन नामक शोरुम सञ्चालनमा ल्याएको हो । यसले विविध प्रकारका इलेक्ट्रोनिक्स उपभोग्य सामग्री तथा घरायसी सामानहरु उपलब्ध गराउनेछ ।

    शोरुममा सामसुङ, हिमस्टार, बजाज, टाइमेक्स, ओस्राम, अहुजा, इण्डोएसियन ब्राण्डका मोवाइल, टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, लेड लाइट्स, घडी र अन्य इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक सामान रहेको गोल्छा अर्गनाइजेशनले जनाएको छ । गुणस्तीय वस्तुहरु प्रतिस्पर्धी मूल्यमा प्राप्त हुने जनाइएको छ । 

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast