सोमबार, असोज ६, २०७६
    बिदेश

    ललितपुर मोवाइल कम्प्लेक्समा यस वर्ष पनि वृहत मोवाइल एक्सपोको तयारी

    बुधबार, १५ भाद्र २०७३, आहाखबर

    ललितपुर । लगनखेलस्थित कर्मचारी संचयकोष भवनमा सञ्चालित ललितपुर मोबाइल कम्प्लेक्सले यस वर्ष पनि मोबाइल एक्सपो आयोजनाको तयारी गरेको छ । 

    कम्प्लेक्स स्थापना भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा एक्स्पो गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

    यही भदौ २४ देखि सुरु हुने एक्स्पो असोज ३ गतेसम्म चल्नेछ । एक्स्पोमा मोबाइल खरिदकर्ताहरुले हात खाली नहुने उपहार प्राप्त गर्नेछन । 

    नेपालको सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय स्तरको मल्टिब्राण्ड मोबाइल सोरुम बताइंदै आएको ललितपुर मोवाइल कम्प्लेक्सले आफना ग्राहकलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासमेत गर्न लागेको छ । 

    कम्प्लेसका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार एक्स्पोमा आउने ग्राहकहरुका लागि मोबाइल खरिद गर्दा न्यूनतम् ७ देखि ७० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले ललिपुर क्षेत्रको आर्थिक तथा व्यवसायिक विकासका लागि मलले विभिन्न खाले प्रयास गरिरहेको जानकारी दिए । 

    एक्स्पोमा सहभागी हुने ग्राहकहरुले लक्की ड्रमार्फत हरेक दिन तीन जनालाई उपहार दिइने पनि जनाइएको छ । त्यस अवसरमा नेपाल भित्रिएका नयाँ मोवाइल ब्राण्ड सार्वजनिक गर्ने तथा त्यसको बारेमा जानकारी दिने योजनासमेत रहेको जनाइएको छ । 

    आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर सञ्चालनमा रहेको यस कम्प्लेक्समा एकै पटक ४ देखि ५ हजार जनाले अवलोकन गर्न मिल्ने जनाइएको छ । 

    एक्स्पोमा सामसुङ, हुवावे, जियोनी, आइफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओबीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्याकबेरी, कार्बन, पानासोनिक, जेडटिई लगायत फोनहरु न्यूनतम नौ सयदेखि एक लाख रुपियाँसम्ममा उपलब्ध हुने कार्यक्रममा जानकारी दिइएको थियो ।

    तपाईको समाचार, लेख /रचना वा सुझाव भएमा news@aahakhabar.com मा पठाउनुहोला ।

    यसमा तपाईको प्रतिक्रिया (Comment)
    Weather Forecast