आर्थिक

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं: शुक्रबार नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो सुनको मूल्य प्रतितोला ९२ हजार ५०० रूपैयाँमा कारोबार भएकोमा आज तोलामा दुई सयले बढेको हो ।    

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ७ सय रुपैयाँ कायम गरिएको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार दुई सय रुपैयाँ कायम गरिएको छ ।   

त्यस्तै, आज चाँदीको मूल्यमा पनि बढेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२५५ मा कारोबार भएकोमा आज बढेर प्रतितोला १२६० रुपैयाँ मूल्य कायम गरिएको महासंघले जनाएको छ ।  
 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८