स्वास्थ्य

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए १,९१६ संक्रमित

काठमाडौं उपत्यकामा आज एकैदिन थपिए १,९१६ संक्रमित

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा एक हजार ९१६ जना कोभिड–१९ संक्रमित थपिएका छन् । काठमाडौंमा एक हजार ४४९, भक्तपुरमा १५० र ललितपुरमा ३१७ संक्रमित थपिएका हुन् ।

योसँगै काठमाडौं उपत्यकामा कोरोनाका सक्रिय संक्रमितको संख्या आठ हजार ३९६ पुगेको छ ।

अहिले देशभर १३ हजार ५०३ जना होम आइसोलेसनमा र ८३७  जना संस्थागत आइसोलेसनमा छन् । तीमध्ये ११० जना आईसीयूमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार जनाएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८