स्वास्थ्य

देशभर ३५५३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

देशभर ३५५३ जनामा कोरोना संक्रमण पुष्टि, १ जनाकाे मृत्यु

काठमाडौ:  नेपालमा पछिल्लो २४ घण्टामा थप ३५५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १५ हजार ८१ जनामा परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो।

ससँगै हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख ४१ हजार २९७ तथा एन्टिजेन विधिबाट भएको परीक्षणमा ९९ हजार २२५ जना पुगेको छ। संक्रमितमध्ये हालसम्म ८ लाख १५ हजार ३४७ जना निको भएका छन्। यस्तै १ जनाको मृत्यु भएको छ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८