आर्थिक

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज पनि बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं:   बिहीबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे मंगलबार ताेलामा ४०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा ५०० रूपैयाँले बढेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९२ हजार ५०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९२००० रूपैयाँमा काराेबार भएकाे थियाे । 

यस्तै तेजाबी सुनको आजको मूल्य पनि प्रतितोला रु ९२००० कायम भएको छ । हिजाे तेजावी सुन प्रतिताेला ९१ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।

आज चाँदीको मूल्य पनि २० रूपैयाँले बढेकाे छ।  चाँदी आज प्रतिताेला १२५५ रूपैयाँमा काराेबार भइरहेकाे छ। 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८