ताेलामा ४०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं: बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे मंगलबार ताेलामा ३०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज पनि ताेलामा ४०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९२००० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९१ हजार ६०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै तेजाबी सुनको आजको मूल्य पनि प्रतितोला रु ९१ हजार ५०० कायम भएको छ । हिजाे तेजावी सुन प्रतिताेला ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज चाँदीको मूल्य पनि ५ रूपैयाँले बढेकाे छ। चाँदी आज प्रतिताेला १२३५ रूपैयाँमा काराेबार भइरहेकाे छ।