समाज

कोरोना त्रास: पनौतीको १२ वर्षे मकर मेला स्थगित

कोरोना त्रास: पनौतीको १२ वर्षे मकर मेला स्थगित

काभ्रे: काभ्रेको पनौतीमा १२ वर्षमा लाग्ने मकर मेला स्थगित भएको छ।  पनौतीस्थित त्रिवेणीघाटमा १२ वर्षमा लाग्ने मकर मेला स्थगित गरिएको  जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले जनाएको छ।

कोरोना संक्रमणको जाखिम न्युनीकरण गर्न यस्तो निर्णय गरिएको स्थानीय प्रशासनले जनाएको छ। मेला स्थगित गरेपनि २५ जनाभन्दा कम तथा भीडभाड नहुने गरी स्वास्थ्यसम्बन्धी सुरक्षा मापदण्ड अपनाएर मकर स्नान गर्न भने छुट दिइएको काभ्रेका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिए।

आगामी माघ १ गतेदेखि लाग्ने मेलामा देश, विदेशबाट १ लाखभन्दा बढी भक्तजन सहभागी हुने अनुमान थियो। मेला भर्न भारतबाट जोगी तथा बाबाहरू आइसकेका छन् । 

सूर्य धनु राशीबाट मकर राशीमा प्रवेश गर्ने दिन (माघ १) देखि एक महिनासम्म पनौतिमा मकर मेला लाग्दै आएको छ। प्रत्येक १२ वर्षमा एक पटक लाग्ने भएकाले यसलाई मकर मेला भनिएको हो। 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८