समाज

आजदेखि काठमाडौं उपत्यकामा के-के गर्न पाइँदैन ?

आजदेखि काठमाडौं उपत्यकामा के-के गर्न पाइँदैन ?

काठमाडौं: कोराेनाको बढ्दो संक्रमणलाई मध्यनजर गर्दै काठमाडौं उपत्यकामा जारी गरिएको आदेश गए राति १२ बजेदेखि लागु भएको छ । जिल्ला प्रशासन कार्यालयहरूले कोरोनाको रोकथाम, नियन्त्रण र उपचारलाई थप प्रभावकारी बनाउन आदेश जारी गरेका हुन् ।

आदेशानुसार अब अर्को सूचना नभएसम्म घर बाहिर वा सार्वजनिकस्थलमा निस्किँदा सबैले मास्कको अनिवार्य प्रयोग गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी मापदण्डको अनिवार्य पालना गर्नुपर्नेछ ।

यस्तै, आउँदो माघ १५ गतेसम्म भौतिक उपस्थितिमा शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाइने छैन ।

२५ जनाभन्दा बढी मानिसको उपस्थिति हुने गरी कुनै पनि किसिमको मेला, भेला तथा महोत्सवहरू एवं सामाजिकलगायत कार्यहरू गर्न पाइँदैन ।

सार्वजनिक सवारीसाधनहरूमा स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । मास्क नलगाई सवारीसाधनमा यात्रा गर्न पाइने छैन ।

औषधिलगायत अत्यावश्यक वस्तु तथा सेवाको आपूर्तिमा कृत्रिम अभाव सिर्जना गर्ने, मूल्यवृद्धि गर्ने, लुकाउने, सहज आपूर्तिमा अवरोध गर्नेलाई कारबाही गरिने आदेशमा उल्लेख छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आदेश पढ्नोस्-



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८