बढ्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं: नेपाली बजारमा मंगलबार सुनचाँदीकाे मूल्य बढेकाे छ । हिजाे साेमबार ताेलामा ३०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा ३०० रूपैयाँले नै बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९१ हजार ६०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९१ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै तेजाबी सुनको आजको मूल्य पनि प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । हिजाे तेजावी सुन प्रतिताेला ९० हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज चाँदीको मूल्य पनि १० रूपैयाँले बढेकाे छ। चाँदी आज प्रतिताेला १२३० रूपैयाँमा काराेबार भइरहेकाे छ।