स्वास्थ्य

काठमाडौं उपत्यकामा आज ८७६ कोरोना संक्रमित थपिए

काठमाडौं उपत्यकामा आज ८७६ कोरोना संक्रमित थपिए

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ८७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ६७५, भक्तपुरमा ६५ र ललितपुरमा १३६ जना संक्रमित थपिएका हुन्।

यस्तै गत २४ घण्टामा  देशभर १ हजार ४४६ संक्रमित थपिएका छन् भने दुई  जनाको मृत्यु भएको छ।

सोमबार २५५ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार हाल देशभर ७ हजार ८५५ सक्रिय संक्रमित छन्।

गत २४ घण्टामा ८ हजार ९६५ पीसीआर तथा २ हजार ४६४ एन्टिजेन परीक्षण भएको छ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८