घट्याे सुनचाँदीकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडौं: नेपाली बजारमा साेमबार सुनचाँदीकाे मूल्य घटेकाे छ । हिजाे आइतबार स्थिर रहेकाे सुनचाँदीकाे मूल्य आज सुन ताेलामा ३०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनकाे मूल्य ९१ हजार ३०० रूपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन ९१ हजार ६०० रूपैयाँमा काराेबार भएकाे थियाे ।
यस्तै तेजाबी सुनको आजको मूल्य पनि प्रतितोला रु ९० हजार ८०० कायम भएको छ । हिजाे तेजावी सुन प्रतिताेला ९१ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज चाँदीको मूल्य पनि ५ रूपैयाँले घटेकाे छ। चाँदी आज प्रतिताेला १२२० रूपैयाँमा काराेबार भइरहेकाे छ।