शिक्षा

शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने सम्बन्धी सूचना आजै जारी गर्ने

शिक्षा मन्त्रालयले विद्यालय बन्द गर्ने सम्बन्धी सूचना आजै जारी गर्ने

काठमाडाैं: शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको संक्रमण रोकथामका लागि कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने भएको छ । 

सीसीएमसीले १५ माघसम्म विद्यालय बन्द गर्न गरेको सिफारिसलाई कार्यान्वयनमा लैजाने गरी आजै निर्णय गर्ने तयारी मन्त्रालयले गरेको हो । 

सीसीएमसीको निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेकाेले सीसीएमसीकै सिफारिस अनुसार आजै विद्यालय बन्द गर्ने सम्बन्धी मन्त्रालयले सूचना जारी गर्ने मन्त्रालयका प्रवक्ता दीपक शर्माले बताए ।

आइतबार मात्र सीसीएमसीले आधारभूत र माध्यामिक तहका विद्यालयमा १५ माघसम्म बिदा दिन सिफारिस गरेकाे थियाे ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८