आज कति छ सुनचाँदीकाे मूल्य ?

काठमाडौं: नेपाली बजारमा आइतबार सुनचाँदीकाे मूल्य स्थिर रहेकाे छ । गत शुक्रबार सुन ताेलामा ७०० रूपैयाँले घटेकाे थियाे भने चाँदी १० रूपैयाँले घटेकाे थियाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन आज शुक्रबारकै मूल्य ९१ हजार ६०० रूपैयाँ कायम भएकाे छ ।
यस्तै तेजाबी सुनको आजको मूल्य पनि प्रतितोला रु ९१ हजार १०० कायम भएको छ । शुक्रबार पनि तेजावी सुन साेही मूल्यमा काराेबार भएकाे थियाे ।
यता आज चाँदीको मूल्य पनि स्थिर रहेकाे छ। चाँदी आज प्रतिताेला १२२५ रूपैयाँमा काराेबार भइरहेकाे छ।