मनोरञ्जन

मिस वर्ल्डमा सहभागी हुन गएकी नम्रता श्रेष्ठको काेराेना रिपाेर्ट नेगेटिभ

मिस वर्ल्डमा सहभागी हुन गएकी नम्रता श्रेष्ठको काेराेना रिपाेर्ट नेगेटिभ

काठमाडाैं:  मिस वर्ल्ड २०२१ मा सहभागी हुन गएकी मिस नेपाल २०२० नम्रता श्रेष्ठको कोरोना भाइरस संक्रमण परीक्षणको नतिजा नेगेटिभ आएको छ। मिस नेपाल आयोजक संस्था हिडन ट्रेजरले नम्रताको कोभिड रिपोर्ट नेगेटिभ भएको जनाएको छ।

अमेरिकामा आयोजना भएको मिस वर्ल्ड २०२१ का केही प्रतियोगी, आयोजक र कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि कार्यक्रम अनिश्चित कालको लागि स्थागित गरिएको छ। मिस वर्ल्ड आयोजकले प्रेस विज्ञप्ति जारी गर्दै ९० दिनभित्र अवस्था सामान्य भएको खण्डमा प्रतियोगिता पुन आयोजना गर्ने जनाएको छ।

आयोजकले प्रतियोगीतामा भाग लिनको लागि अमेरिका पुगेका प्रतियोगीहरुको कोरोना परीक्षण गरेर क्वारेनटाइनमा राखी स्वास्थ्य अवस्था हेरेर आफ्नो देश फर्काउने तयारी गरेको छ।

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८