प्रविधि

यस्ताे छ टिकटकबाट पैसा कमाउने नयाँ तरिका

यस्ताे छ टिकटकबाट पैसा कमाउने नयाँ तरिका

काठमाडौं: टिकटकबाट पैसा कमाउन मिल्ने गरि नयाँ फिचर आएकाे छ । टिकटकमा फलोअरले कन्टेन्ट क्रियटरलाई ‘टिप’ दिन मिल्ने गरी नयाँ फिचर सुरु भएको हाे ।

टिकटकमा क्रिएटरहरू लाइभमा बस्दा फलोअर्सले उनीहरूलाई विभिन्न गिफ्टहरू दिन मिल्ने फिचरलाई परिष्कृत गर्दै कम्पनीले गत बुधबार ‘टिप्स’ फिचर सार्वजनिक गरेकाे हाे ।

कम्पनीले विश्वका केही देशममा याे फिचर उपलब्ध गराइसकेकाे छ । विस्तारै अन्य देशका प्रयाेगकर्ताले पनि याे फिचर प्रयाेग गर्न पाउने कम्पनीले जनाएकाे छ ।

अनलाइन पेमेन्ट प्लेटफर्म स्ट्राइपसँग सहकार्य गरी टिकटकले याे फिचर ल्याएकाे हाे । यसअन्तर्गत फलोअरहरूले टिकटकमा आफूलाई मन परेका कन्टेन्ट क्रिएटरलाई सिधै पैसा पठाउन सक्छन् ।

फलोअरले ५ डलर, १० डलर र १५ डलर वा आफूले चाहेको रकम इन्टर गरी पैसा पठाउन सक्नेछन् ।

कम्पनीका अनुसार टिकटकको प्रोफाइल पेजमा गएर सेटिङ अप्सनमा हेर्दा ‘टिप्स’ नामक अप्सन देखिनेछ । जसअन्तर्गत फलोअरहरूले क्रिएटरलाई सोझै पैसा पठाउन सक्छन् ।

यसरी पठाइएको टिपमा टिकटकले आफ्नो कमिसन नलिने बताइएको छ । यसरी पठाएको पैसा सिधै सम्बन्धित व्यक्तिको खातामा आउनेछ ।

१८ वर्षभन्दा माथि र एक लाखभन्दा बढी फलोअर भएका कन्टेन्ट क्रियटरलाई मात्रै यो फिचर उपलब्ध हुनेछ ।

यस्तै टिकटकले लाइभमा दिइने गिफ्टको फिचरलाई पनि केही परिवर्तन गरेको छ । यसअन्तर्गत प्रयोगकर्ताले लाइभमा गिफ्टको रुपमा अब डायमण्ड पनि दिन सक्छन्, जसलाई साटेर पैसा निकाल्न मिल्छ ।

थप जानकारीका लागि यहाँ क्लिक गर्नुहोस् ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८