स्वास्थ्य

देशभर थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

देशभर थप ३०८ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

काठमाडौं: देशभर पछिल्लो २४ घण्टामा ३०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार १०४ पीसीआर परीक्षणमा २८१ जना र १८०५ एन्टिजेन परीक्षणमा २७ जना गरी २९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण मुक्त हुनेको संख्या २९८ रहेको छ भने संक्रमणबाट ३ जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या ७ हजार ३४९ रहेको छ ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ९ लाख १५ हजार 709 पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ५16 पुगेको छ भने ८ लाख १ हजार ४२० जना संक्रमणमुक्त भएका छन् ।

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८