राजनीति

बामदेव गाैतमले भन्छन्- केपी ओली रहुन्जेल एमालेमा जान्नँ

बामदेव गाैतमले भन्छन्- केपी ओली रहुन्जेल एमालेमा जान्नँ

काठमाडाैं: दल बिहिन बनेका नेता बामदेव गाैतमले एमालेमा केपी शर्मा ओली रहुन्जेल पार्टिमा नजाने बताएका छन् । बीबीसीकाे एक कार्यक्रममा कुरा गर्दै उनले साे कुरा बताएका हुन् ।

तर नेता वामदेव गौतम दशकौँ लामो राजनीतिक जीवन बिताएको त्यही पार्टी एमाले त्यागेर बसेका छन्।

अध्यक्ष केपी शर्मा ओलीसँगको मतभिन्नताका कारण अन्य नेताहरूले भने नेकपा एकीकृत समाजवादी गठन गरेका छन् र ओलीलाई चुनौती दिएर हिँडिरहेका छन्। तर नेता गौतम भने नयाँ पार्टीमा पनि छैनन्।

यसअघि दुई पार्टी एकीकरण गरेर नेकपा गठन गर्न र विभिन्न कालखण्डमा वामपन्थी दलहरूबीच एकता र सहकार्यको प्रयासमा सक्रियतापूर्वक लागेका गौतम अहिले दलविहीन बनेका हुन्।

नयाँ नेतृत्व छान्न नेकपा एमालेको महाधिवेशन चितवनमा हुँदैछ। एमाले पार्टी र उसका उच्च नेतादेखि कार्यकर्ता कार्यकर्तासम्म त्यसमै व्यस्त छन्।

 

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८