आर्थिक

आज पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज पनि घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं: आज पनि नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । हिजाे ताेलामा ५०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज पनि ताेलामा १०० रूपैयाँले घटेकाे हाे । 

आज छापावाल सुनको मूल्य तोलाकाे ९१ हजार ७०० रूपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला ९१ हजार ८०० रूपैयाँ कायम भएकाे छ । 

यस्तै आज तेजाबी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ कायम भएकाे महासंघले जनाएकाे छ ।  हिजो बुधबार तेजाबी सुनको मूल्य ९१ हजार ३०० रुपैयाँ तोकेको थियो ।

सुनको मूल्य घटेको दिन आज चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेको छ । हिजो तोलामा १२ सय २५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज १२ सय ३० रुपैयाँ कायम भएको महासंघले आजको मूल्य सूचीमा उल्लेख गरेको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८