समाज

नेपालगञ्ज एयरपोर्टमा ‘स्याल’सँग ठोक्कियो बुद्ध एयरको जहाज

नेपालगञ्ज एयरपोर्टमा ‘स्याल’सँग ठोक्कियो बुद्ध एयरको जहाज

काठमाडाैं: बुद्ध एयरको जहाँज नेपालगञ्ज विमानस्थलमा  ‘स्याल’सँग ठोक्किएको छ। काठमाडौंबाट नेपालगञ्ज आएको बुद्ध एयरको जहाजमा ल्याण्ड गर्ने क्रममा स्याल ठोक्किएको हाे ।

प्रहरीका अनुसार एटिआर-७२ बिमान बुधबार साँझ सात बजेर सात मिनेट जाँदा नेपालगञ्ज विमानस्थलमा अवतरणका क्रममा ‘स्याल’सँग ठोक्किएको हो।

अवतरणका क्रममा ‘स्याल’सँग ठक्कर खाए पनि विमान र यात्रु सकुसल रहेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बताए। स्यालसँग ठोक्किए पनि विमान र यात्रु सकुसल छन् भने विमानमा सामान्य क्षति भएको छ।

जहाजलाई प्राविधिकहरूले हेरिरहेका छन्। यो घटनापछि जहाज उडान-अवतरण भने नरोकिएको अधिकारीले जानकारी दिए।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८