स्वास्थ्य

देशभर आज ३३२ काेराेना संक्रमित थपिए, ४ जनाकाे मृत्यु

देशभर आज ३३२ काेराेना संक्रमित थपिए, ४ जनाकाे मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा ३३२ जना कोरोना संक्रमित थपिएका छन्। देशभर गरिएको ७ हजार ५९० पीसीआर र २ हजार ३३० जनाको एन्टीजेन परीक्षणका क्रममा ३३२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै कुल संक्रमितको संख्या ८ लाख २० हजार पुगेको छ। कुल संक्रमितमध्ये ७ हजार ३६९ जना सक्रिय संक्रमित छन्। गत २४ घण्टामा २३२ जना संक्रमित निको भएका छन्। यो सँगै देशभर निको हुनेको संख्या ८ लाख एक हजार १२२ पुगेको छ। 

उक्त अवधिमा ४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५१३ पुगेको छ।  ९८ जना क्वारेन्टाइनमा छन्। 

पछिल्लाे २४ घण्टामा एक लाख ४७ हजार २६२ जनाले काेराेनाविरुद्धकाे खाेप लगाएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८