आर्थिक

लगातार घट्दै सुनकाे मूल्य,  आज ताेलामा ५०० रूपैयाले घट्याे

लगातार घट्दै सुनकाे मूल्य,  आज ताेलामा ५०० रूपैयाले घट्याे

काठमाडाैं: बुधबार पनि नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेकाे छ । मंगलबार एकैदिन ताेलामा १६०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज पनि ताेलामा ५०० रूपैयाँले घटेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला  ९१ हजार ८०० रुपैयाँ कायम भएकाे छ । हिजाे छापावाल सुन प्रतिताेला ९२ हजार ३०० रूपैयाँमा काराेबार भएकाे थियाे । 

त्यस्तै तेजावी सुनको भाउ आज ताेलाकाे ९१ हजार ३०० रूपैयाँ कायम भएकाे छ । हिजाे तेजावी सुन ९१ हजार ८०० रूपैयामा काराेबार भएकाे थियाे । 

 

चाँदीको मूल्यमा पनि ३० रुपैयाँले गिरावट आएको छ । चाँदीको मूल्य प्रतितोला एक हजार २२५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँ कायम भएको थियो ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८