स्वास्थ्य

काठमाडौं उपत्यकामा थपिए १४४ संक्रमित

काठमाडौं उपत्यकामा थपिए १४४ संक्रमित

काठमाडौं: पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १४४ जना कोभिड संक्रमित थपिएका छन् । आज काठमाडौंमा १०५, भक्तपुरमा ९ र ललितपुरमा ३० जना संक्रमित थपिएका हुन् ।  

योसँगै उपत्यकामा सक्रिय संक्रमितको संख्या एक हजार ६०७  पुगेको छ ।

आज देशभर ६ हजार ८६९ जना होम आइसोलेसनमा, ४३१ जना संस्थागत आइसोलेसनमा, २२३ जना आईसीयू तथा ५१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।  



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८