आर्थिक

आज एकैदिन १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

आज एकैदिन १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?

काठमाडाैं: मंगलबार नेपाली बजारमा सुनको मूल्य ह्वात्तै घटेकाे छ । साेमबार ताेलामा २०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज एकैदिन ताेलामा १६०० रूपैयाँले घटेकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला  ९२ हजार ३०० रुपैयाँ कायम भएकाे छ । हिजाे साेमबार छापावाल सुन प्रतिताेला ९३ हजार ९०० रूपैयाँमा काराेबार भएकाे थियाे । 

त्यस्तै तेजावी सुनको भाउ आज ताेलाकाे ९१ हजार ८०० रूपैयाँ कायम भएकाे छ । हिजाे तेजावी सुन ९३ हजार ४०० रूपैयामा काराेबार भएकाे थियाे । 

चाँदीको भाउ पनि सोमबारको तुलनामा प्रतितोला १५ रुपैयाँले घटेको छ। मंगलबार चाँदी प्रतितोला १२५५ रुपैयाँमा कारोबार भइरहेको छ। 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८