समाज

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा तीन बालकको मृत्यु

सिन्धुपाल्चोकको हेलम्बुमा आगलागी हुँदा तीन बालकको मृत्यु

सिन्धुपाल्चोक: सिन्धुपाल्चोकमा आगलागी हुँदा तीन जना बालकको मृत्यु भएकाे छ । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–७ सुर्सिङ गाउँको झाँक्रीटोलमा हिजाे राति आगलागी भएकाे हाे ।

स्थानीय सञ्च तामाङको ढुङ्गा, माटो र टिनले छाएको एकतले गोठमा आगलागी भएको हो । गोठमा सल्किएको आगोले घर पनि जलेर नष्ट भएको छ । आगो लागे पछि बालबालिका घर बाहिर निस्कन नसक्दा उनीहरुको ज्यान गएको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पाले बताए ।

'आगो लागेको समयमा अभिभावक घरमा थिएनन्  । आगलागीमा सञ्च तामाङका ६ वर्षीय छोरा मनोज तामाङ, त्यहीँ गाउँका सुकमान तामाङका पाँच वर्षीय छोरा मनिष तामाङ र साइला तामाङका पाँच वर्षीय छोरा दिलबहादुर तामाङको ज्यान गएको हो, ' उनले भने ।

आगो गएराति नै नियन्त्रणमा आएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८