अन्तर्राष्ट्रिय

चीन, भारत र पाकिस्तानमा मात्रै विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर

चीन, भारत र पाकिस्तानमा मात्रै विश्वका एक सयमध्ये ९४ प्रदुषित सहर

एजेन्सी: प्रत्येक वर्ष, भारतको राजधानी नयाँ दिल्लीलाई बाक्लो धुइरो (धुवाँ धुलो र अन्य प्रदुषणसहितको कुहिरो) ले ढाक्छ । गत साता, धुइरो दुई करोड बासिन्दाको लागि यति खराब भयो कि भारतमा विद्यालयहरू बन्द गरियो । 

मानिसहरूको फोक्सोलाई हानि गर्ने पीएम२.५ पार्टिकल्स (कणहरू) नयाँ दिल्लीमा विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को स्वीकार्य तहभन्दा ३४ गुणा बढी छ । किसानहरूले पराल जलाउने भएकोले जाडो याममा वायु प्रदुषण झनै खराब हुन्छ ।

एयर क्वालिटी ट्र्याकर आइक्वीएयरका अनुसार सन् २०२० मा, विश्वका सयमध्ये ४६ प्रदुषित सहरहरू भारतका थिए । त्यसपछि चीनमा ४२, पाकिस्तानमा ६, बंगलादेशमा ४, इन्डोनेसियामा र थाइल्याण्डमा १/१ प्रदुषित सहर थिए । 

टप टेन (शीर्ष दश) प्रदुषित शहरहरूमा नौ ओटा भारतका थिए ।  पश्चिमी चीनको सिनझियाङको होटानमा सन् २०२० मा सबैभन्दा खराब औसत वायु गुणस्तर ११०.२ थियो।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार वायु प्रदुषणको कारण वर्षेनी ७० लाख मानिसको मृत्यु हुन्छ । विश्वको ९० प्रतिशत भन्दा बढी जनसंख्या डब्ल्यूएचओको सीमा भन्दा बढी वायु प्रदुषण भएको क्षेत्रमा बसोबास गर्छन् । 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८