स्वास्थ्य

देशभर थपिए ३८५ कोरोना संक्रमित, ४ जनाको मृत्यु

देशभर थपिए ३८५ कोरोना संक्रमित, ४ जनाको मृत्यु

काठमाडौं: पछिल्लो २४ घण्टामा देशभर ३८५ जना कोभिड संक्रमित थपिएका छन् । १२ हजार ६९७ वटा नमुनाको परीक्षण गर्दा ३८५ जनामा संक्रमण पुष्टि भएको हो । 

त्यस्तै पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ११ हजार ५०० पुगेकोे छ । 

त्यस्तै, आज २५८ जना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या सातहजार २६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८