आर्थिक

बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुन र चाँदीको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं: नेपाली बजारमा आज साेमबार सुन र चाँदीको मूल्य बढेको छ । हिजाे ताेलामा ७०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज ताेलामा २०० रूपैयाँले बढेकाे हाे । 

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज छापावाल सुनको मूल्य ९३ हजार ९०० तोकिएको छ । हिजाे छापावाल सुन प्रतिताेला ९३ हजार ७०० रूपैयाँमा काराेबार भएकाे थियाे । 

त्यसै गरी तेजाबी सुनको आजको मूल्य प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । तेजावी सुन हिजाे प्रतिताेला ९३ हजार २०० रूपैयाँमा काराेबार भएकाे थियाे ।

त्यस्तै चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर एक हजार २७० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ । चाँदी आइतबार प्रतितोला रुपैयाँ एक हजार २६० मा कारोबार भएको थियो ।

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८