अन्तर्राष्ट्रिय

तालिबानले लगायो टेलिभिजन नाटकमा महिलालाई खेल्न प्रतिबन्ध

तालिबानले लगायो टेलिभिजन नाटकमा महिलालाई खेल्न प्रतिबन्ध

एजेन्सी: अफगानिस्तानमा सरकार चलाइरहेको तालिबानले महिलालाई टेलिभिजनको नाटकमा खेल्न प्रतिबन्ध लगाएको छ। तालिबान सरकारले जारी गरेको नयाँ नियमअनुसार महिला पत्रकार र प्रस्तोताले स्क्रिनअगाडि टाउको ढाक्नुपर्नेछ। यद्यपि ढाउको ढाक्ने कपडा कस्तो हुनुपर्छ भन्ने अहिले सार्वजनिक गरिएको निर्देशिकामा उल्लेख छैन। 

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार अहिले तालिबानले ल्याएका केही नियम अस्पष्ट र व्याख्या आवश्यक पर्ने किसिमका छन्। गत अगष्टको मध्यमा अफगानिस्तानलाई आफ्नो नियन्त्रण लिएको तालिबानले त्यसयता निरन्तर निकै कडा किसिमको नियम लगाउँदै आएको छ।

तालिबानले छात्राहरुलाई विद्यालय जानबाट रोक लगाएको जस्तै नियम लगाएको छ। सन् १९९० को दशकमा तलिबानले अफगानिस्तानमा शासन चलाउँदा पनि महिलालाई शिक्षा र रोजगारीबाट बञ्चित गराइएको थियो। 

अहिले तालिबानले सार्ववजनिक गरेको निर्देशिकामा आठओटा नयाँ नियम लगाइएको छ। जसमा धर्मको बेइज्जत गर्ने र अफगानिस्तानका नागरिकविरुद्धको कुनै पनि हास्य कार्यक्रम पनि सञ्चालन गर्न पाइने छैन। विदेशी संस्कृति झल्किने कुनै पनि विदेशी फिल्म प्रशारण गर्न पाइनेछैन। 

अफगानिस्तानको पत्रकारका संगठनका एक सदस्य हुजातुल्लाह मुजाडेड्डीले तालिबानको घोषणा अनपेक्षित रहेको बताए। यो नियम मान्ने हो भने टेलिभिजनहरु बन्द गर्नुपर्ने अवस्थामा पुग्ने उनको भनाइ छ। 

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८