समाज

रामदेवको टीभीमा विभागमा 'छापा', कागजातहरू नियन्त्रणमा

रामदेवको टीभीमा विभागमा 'छापा', कागजातहरू नियन्त्रणमा

काठमाडाैं: सूचना तथा प्रसारण विभागले आस्था र पतञ्जली टेलिभिजनमा 'छापा' मारेको छ । विभागका महानिर्देशक गोगनबहादुर हमालले निरीक्षणका लागि टोली पठाएको पुष्टि गरे ।

हमालले उक्त टोलीले दिने प्रतिवेदनको आधारमा निर्णय लिइने बताए । अनुगमन टोलीले आस्था र पतञ्जली टेलिभिजनको केही महत्त्वपूर्ण कागजातसमेत निणन्त्रणमा लिएको छ ।

शुक्रबार प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालसमेतको उपस्थितिमा सो टीभीको काठमाडौंस्थित कार्यालयको उद्घाटन गरेका थिए । 

यसैबीच पतञ्जलीले भने टेलिभिजन दर्ता नभएको लगायतका विषयमा भएका टिकाटिप्पणीबारे विज्ञप्ति निकालेर स्पष्ट गर्ने कोशिष गरेको छ । 

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८