मनोरञ्जन

वैवाहिक बन्धनमा बाँधिइन् गायिका प्रविशा अधिकारी

वैवाहिक बन्धनमा बाँधिइन् गायिका प्रविशा अधिकारी

काठमाडाैं: गायिका प्रविशा अधिकारी वैवाहिक बन्धनमा बाँधिएकी छन् । पछिल्लो समय ‘द भ्वाइस किड्स २०२१’ कि कोच रहेकी प्रविशाको आइतबार विवाह भएको छ ।

उनले प्रेमी निर्माण सिटौलासँग विवाह गरेकी हुन् । उनीहरुको गएको बिहीबार इंगजमेन्ट भएको थियो । निर्माण लामो समयदेखि अमेरिकाको भर्जिनियामा बस्दै आएका थिए । पेसाले उनी इन्जिनियर हुन् ।

प्रविशा र निर्माण दुवै झापाका हुन् । गायिका प्रविशाले पछिल्ला केही महिनायता आफ्नो प्रेम सम्बन्धका बारेमा मिडियामा खुलेरै कुराकानी गर्दै आएकी थिइन् ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८