समाज

फेरिए काठमाडाैं र ललितपुरका प्रहरी प्रमुख

फेरिए काठमाडाैं र ललितपुरका प्रहरी प्रमुख

काठमाडौं: काठमाडाैं र ललितपुरका प्रहरी प्रमुख फेरिएका छन ।

प्रहरी प्रधान कार्यालयले काठमाडौं प्रहरी प्रमुखमा एसएसपी सुदीप गिरीलाई पठाएको छ। गिरी केन्द्रीय अनुसन्धान व्यूरोमा थिए।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहको भैरहवा विमानस्थल कार्यालय सरूवा भएको छ।

साथै ललितपुर प्रहरी प्रमुख रहेकी एसएसपी किरण बज्राचार्यको प्रहरी मुख्यालयमा सरूवा भएको छ।

उनको ठाउँमा एसएसपी यज्ञविनोद पोखरेललाई पठाइएको छ। पोखरेल यसअघि प्रहरी प्रधान कार्यालय नक्सालमा थिए।

एसएसपी दीपक थापाको तालिम शाखामा सरूवा भएको छ।

यस्तै लुम्बिनी प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्य लागुऔषध नियन्त्रण व्यूरोमा तानिएका छन्।

उनको ठाउँमा एसएसपी प्रकाश अधिकारीलाई पठाइएको छ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८