मनोरञ्जन

चार करोड आईसीमा बिक्री भयाे ‘प्रेम गीत–३’को भारतीय बजारको राइट्स

चार करोड आईसीमा बिक्री भयाे ‘प्रेम गीत–३’को भारतीय बजारको राइट्स

काठमाडाैं: नेपाली चलचित्र ‘प्रेम गीत-३’को भारत प्रदर्शन राइट ४ करोड भारतीय रुपैयाँमा बिक्री भएको छ । इम्पोसिबल फिल्म्सले ४ करोड भारतीय रुपैयाँमा यो चलचित्रको राइट खरिद गरेको चलचित्रका निर्माता तथा निर्देशक सन्तोष सेनले बताए ।

अब भारतका थिएटर र ओटिटीकाे एमजीमार्फत् नेपाली चलचित्र ‘प्रेम गीत-३’ रिलिज हुनेछ । सन्तोषको महत्वाकांक्षी चलचित्रमा प्रदीप खड्कासँग डेब्यु नायिका क्रिस्टिना गुरुङले स्क्रिन सेयर गर्ने छिन् । उनीहरूका साथमा सुनिल थापा शीर्ष भूमिकामा देखिने छन् ।

कोरोना महामारीका कारण भएको लकडाउनको समयमा सन्तोषले बलिउडका चल्तीका डबिङ आर्टिस्ट लिएर ‘प्रेम गीत-३’ हिन्दीमा डबिङ गराएका थिए । हिन्दी डबिङमा मात्रै ९३ लाख भारु खर्च भएको सन्तोषले जानकारी दिए ।

भारतको राइट्सले चलचित्रमा गरेको लगानी उठेको सुनाउँदै सन्तोषले अब प्रदर्शनको तयारीमा लाग्ने बताए । नेपाल र भारतमा एकसाथ चलचित्र प्रदर्शन गर्ने लक्ष्य रहेको सन्तोषले सुनाए । भारत र नेपालमा एकै मितिमा चलचित्र प्रदर्शन गर्दा प्रचारमा सहज हुने उनको तर्क छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८