खेल

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत आमनेसामने

साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत आमनेसामने

काठमाडौं: साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत आमनेसामने हुने भएका छन्।

माल्दिभ्समा जारी १३ औँ संस्करणको साफअन्तर्गत बुधबार राती ऐतिहासिक नतिजा निकाल्दै नेपाल पहिलो पटक फाइनल पुगेको थियो।

नेपालले लिग चरणको आफ्नो अन्तिम खेलमा बंगलादेशसँग बराबरी खेलेर फाइनलमा स्थान पक्का गरेको थियो। बुधबार नै भएको अन्तिम लिगमा आयोजक माल्दिभ्सलाई ३–१ गोलले हराउँदै भारतले नेपालसँग उपाधि भिडन्त तय गरेको हो।

खेलको ३३ औं मिनेटमा मनवीर सिंहले गोल गर्दै भारतलाई अग्रता दिलाए। तर उक्त अग्रता धेरैबेर रहेन। माल्दिभ्सले खेलको ४३ औं मिनेटमा पेनाल्टी पायो। अली अस्फाकले पेनाल्टी खेर जान नदिई माल्दिभ्सलाई बराबरीमा ल्याए।

खेलको दोस्रो हाफमा माल्दिभ्सलाई दबाबमा राख्दै भारतका कप्तान सुनिल क्षेत्रीले खेलको ६२ औं र ७१ औं मिनेटमा गरी दुई खेल खेल्दै फाइनल यात्रा सुनिश्चित गरे।

यस जीतसँगै फाइनलकाे यात्रा तय गरेको भारत साफको ७ पटकको विजेता हो। फाइनल खेल शनिबार हुनेछ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८