समाज

पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

पहाडी भू–भागका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं: आज बिहान सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखी सामान्य बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहेको छ ।

आज दिउँसो दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 

विभागका अनुसार आज राति देशको पहाडी भू–भागमा आंशिक बदली तथा अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

दुई दिन अगाडि मनसुन भने नेपालका सबै भू–भागबाट बाहिरिसकेको छ । 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८