समाज

मुगु बस दुर्घटना अपडेट: मृतकको संख्या ३२ पुग्यो, ११ जनाको सनाखत

मुगु बस दुर्घटना अपडेट: मृतकको संख्या ३२ पुग्यो, ११ जनाको सनाखत

काठमाडौं : मुगुमा आज भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३२ पुगेको छ। छायानाथ रारा नगरपालिका–७ पिनाटपाने खोलामा भएको बस दुर्घटनामा चालकसहित ३२ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार २८ जनाको मुगुमा र चार जनाको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको हो।

प्रदेश प्रहरी कार्यालय सुर्खेतका अनुसार २४ जानको घटनास्थलमै र चार जनाको ताल्चा विमानस्थलमा मृत्यु भएको हो। 

सुर्खेतबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ३१६७ नम्बरको बस मंगलबार दिउँसो पिनागाउँमा दुर्घटना भएको हो। मृतकमध्ये ११ जनाको सनाखत भएको छ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८