समाज

नेपालबाट औसत भन्दा ९ दिन ढिलो गरी बाहिरियो मनसुन

नेपालबाट औसत भन्दा ९ दिन ढिलो गरी बाहिरियो मनसुन

काठमाडौं: नेपालबाट यस वर्षको मनसुन बाहिरिएको छ । सरदरमा २ अक्टोबरमा नेपालबाट बाहिरिने मनसुन यस वर्ष औसत मिति भन्दा ९ दिन ढिलो गरी बाहिरिएको मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। 

महाशाखाका अनुसार गत शुक्रबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमी भू-भागबाट बाहिरिएको यस वर्षको मनसुन आज देशको समग्र भू-भागबाट बाहिरिएको हाे ।

यस वर्षको मनसुन जुन ११ (जेठ २८) मा भित्रिएको थियो ।

 

 



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८