आर्थिक

आज पनि घट्याे सुनकाे मूल्य, कति छ ताेलाकाे ?

आज पनि घट्याे सुनकाे मूल्य, कति छ ताेलाकाे ?

काठमाडौं: साेमबार नेपाली बजारमा सुनकाे मूल्य घटेकाे छ । आइतबार ताेलामा १०० रूपैयाँले बढेकाे सुनकाे मूल्य आज ताेलामा १०० रूपैयाँले नै घटेकाे हाे । 

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार साेमबार छापावाल सुनको भाउ प्रतितोला १०० रुपैयाँ घटेर ९० हजार ६०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार १५० रुपैयाँ निर्धारण भएको छ । 

यसअघि, आइतबार छापावाल सुनको भाउ तोलाको ९० हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको ९० हजार २५० रुपैयाँ रहेको थियो ।

यता, चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले बढेर ११ सय ८० रुपैयाँ कायम भएको छ आइतबार चाँदीको भाउ प्रतितोला ११ सय ७५ रुपैयाँ रहेको थियो ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८