आर्थिक

नबिल बैंकको 'नयाँ लुगा' नामको सन्देशमुलक भिडियो

नबिल बैंकको 'नयाँ लुगा' नामको सन्देशमुलक भिडियो

काठमाडाैं: नबिल बैंकले गत वर्ष तयार पारेको दशैं भिडियोको अपार सफलता पश्चात् यो वर्ष पनि “नया“ लुगा” नामक दशैंको भिडियो सार्वजनिक गरेको छ । यस नया“ भिडियो नेपालीहरुको महान चाड दशैं मनाउन शहरमा बसोबास गर्ने र दशैं मनाउन गाँउ फर्कने कथामा आधारित छ, यो कथा आम नेपालीहरुको आत्मकथा पनि हो । 

भिडियोमा एक जना बाबा शहरमा जागिर गर्दछन, घरबाट छोरीको फोन आउँदछ, दशैंमा नया“ कपडा ल्याइदिनु भनेर र उनी छोरी एवं श्रीमतीको खुशीका निम्ती दशैं किनमेल गरेर गाँउ फर्किन्छन् । फर्किदा, बाटो बिग्रेर जाममा पर्दछ तर परिवारको माया अनी खुशीको लागि उनी रात भरी हिंडेर गाउ पुग्दछन् । यो कथालाई भिडियोमा निकै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । 

घर पुग्दा छोरी, आमा अनी छोरीको साथी समेत सबै जना खुशी भई दशैं मनाउने तयारी गर्दछन र अब जागिर खान शहर जाने होइन, गा“उमा नै केही गर्नु पर्दछ भन्ने सन्देश पनि भिडियोले दिएको छ । 

यसैगरी दशैंको यस भिडियोले सकभर दशैंमा आÏनो परिवारसँग भेटि सुरक्षित साथ खुशी साटासाट गर्ने भन्ने सन्देश सरल ढंगले दिएको छ, जसले पहिले जस्तै सबैको मन जित्नेछ भन्ने अपेक्षा लिएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८