स्वास्थ्य

देशभर थप ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

देशभर थप ५९६ जनामा कोरोना पुष्टि, १० जनाको मृत्यु

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टामा ९२३७ जनामा पिसिआर परिक्षण गर्दा ५६५ जना र ३१६७ जनामा एन्टीजेन परिक्षण गर्दा १३ जना गरी ५९६ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८७१ जनाले कोरोना जितेसंगै नेपालमा कोरोना जित्नेको संख्या ७ लाख ७५ हजार ९४३ जना पुगेको छ । नेपालमा कोरोना निको हुने दर ९६.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमणवाट पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएसंगै हालसम्म कोरोना संक्रमणवाट ११२३१ जनाको मृत्यु भईसकेको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुने दर १.४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।



खाली भयाे बालकोटस्थित ओली निवास

मंगलवार, २८ बैशाख २०७८